सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम हो। स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीमा साविक सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरि सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो ।
पछि २०७३ सालमा स्थानीय तह घोषणा गर्दा पाली गाउँ विकास समितिको वार्ड नं. ०९ लाई समावेश गरी जम्मा १२ वटा वार्ड कायम गरिएको यस नगरपालिकाको क्षेत्रफल १२९.४२ वर्म कि.मी. छ । जसको जनसंख्या जनगणना २०७८ अनुसार ४१९१७ रहेको छ । वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ।
सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना , वाङ्ला र पाली गा.वि.स.को वार्ड नं. ९ गाविसहरूलाई मिलाएर सन्धिखर्क नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर ४१९१७ रहेको छ।चारैतर्फ पहाडी तथा बिचबाट लमतन्न परेर बहेकि बागि खोला एबम् खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाटहरूले यस सौन्दर्य निकै बढाएको छ।