header AD
संक्षिप्त विवरण

सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम हो। स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीमा साविक सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरि सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो ।

पछि २०७३ सालमा स्थानीय तह घोषणा गर्दा पाली गाउँ विकास समितिको वार्ड नं. ०९ लाई समावेश गरी जम्मा १२ वटा वार्ड कायम गरिएको यस नगरपालिकाको क्षेत्रफल १२९.४२ वर्म कि.मी. छ । जसको जनसंख्या जनगणना २०७८ अनुसार ४१,९१७ रहेको छ ।  वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ।

सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना , वाङ्ला र  पाली गा.वि.स.को वार्ड नं. ९  गाविसहरूलाई मिलाएर सन्धिखर्क नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०७८ को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर ४१,९१७ रहेको  छ।चारैतर्फ पहाडी तथा बिचबाट लमतन्न परेर बहेकि बागि खोला एबम् खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाटहरूले यसको सौन्दर्य निकै बढाएको छ। 

पाणीनि बहुमुखी क्याम्पस, जनज्योति मा.बि.,सन्खेटारि मा.बि, हटारि मा.बि, एबम् केही निजी विद्यालयह्‍रु यहा सञ्चालित छन्। यसलाई पक्की सडकले जोडिएको पनि थुप्रै बर्ष भैसकेको छ। यस क्षेत्रको यो एउटा मुख्य ब्यापारिक क्षेत्र मानिन्छ। शिक्षा तथा स्वास्थ्यको राम्रो विकास भएको छ। यसको पुर्बमा वान्ला, पश्चिममा कुर गउ, उत्तरमा ब्यारे बजार, दक्षिणमा गच्छे बजार रहेको छ। यहा अत्यन्तै उर्बर भूमिसमेत छ।

आधारभूत जानकारी
Lumbini
Arghakhanchi
नगरपालिका
129.42 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 42492
Male 19490
Female 23002
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website -
Map coordinates not available